देउवाले भने, गठबन्धनले जितेपछि राजनीतिक नियुक्तिमा सुदूरपश्चिमले धेरै भाग पाउँछ

कैलाली, ६ कात्तिक। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व हुने दाबी गरेका छन्। सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका हुन्।
उनले भने,‘सुदूरपश्चिमबाट एक क्षेत्रमात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु। भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ। गठबन्धनलाई जिताउन अनुरोध गर्दैछु। देश महत्त्वपूर्ण मोडमा छ।’सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न अपिल गरे।
संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ। संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ। टिकट बाँड्दा अन्याय भएको होला’, उनले भने,‘गठबन्धन हुँदा सबै ठाउँमा कांग्रेसले पाउँदैन नि १ भोलि गठबन्धनको सरकार बन्यो भने नियुक्ति हुन्छ। त्यसको लागि सुपले धेरै भाग पाउनसक्छ। त्यसैले जिताउन लाग्नुहोला।