कैलाली–५मा लोकतान्त्रिक बाम गठबन्धनका २३ कार्यालय स्थापना

धनगढी,२९असोज। कैलाली निर्वाचन क्षेत्र नम्बर–५मा लोकतान्त्रिक बाम गठबन्धनले २३ स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ । आगमी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरि प्रसार–प्रसार गर्न सम्पर्क कार्यालय खोलेको हो ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–५ अन्तरगत रहेका २१ वडाका साथै प्रेदेश निर्वाचन क्षेत्र नम्बर अन्तरगत १–१ गरी २३ स्थानमा सम्पर्क कार्यलय स्थापना भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–५ का क्षेत्रिय सभापति भिम पडालले जानकारी दिएका छन् ।
यस्तै संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले २१ वडामा संयुक्त प्रचार–प्रसार समिति गठन गर्ने काम सम्पन्न भएको समेत पडालले बताए ।