धनगढीमा बृहत खुुल्ला दौड प्रतियोगिता सम्पन्न

धनगढी, २९ असोज । कैलालीको धनगढीमा बृहत खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नं १४ मा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । नमूना नेपाल अभियानले छाडा पशुचौपाया व्यवस्थापन सहयोगार्थ ८ किलोमिटर खुल्ला दौड आयोजना गरेको हो ।
नमूना नेपाल अभियानका अध्यक्ष याम लामिछाने मगरले धनगढीमा छाडा पशु चौपायाको व्यवस्थापन हुुन नसकेकाले स्थानीय सरकारलाई दबाब र्सिजना गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरेको बताए । उनले धनगढी उपमहानगरपालिकाले कान्जिहाउस निर्माण गर्न बजेट बिनियोजन गरेको भएपनि फूलबारीका वडाले जमिन उपलब्ध गराउन नसक्दा समस्या बढ्दै गएको बताए । उनले उक्त प्रतियोगिता बाट करिब २० हजार रकम उठेको बताउंदै छाडा पशुुचौपाया व्यवस्थापन सहयोगार्थ वडा नं १४ लाई सो रकम हस्तान्तरण गरिने जानकारी दिए ।
उक्त प्रतियोगितामा वीरेन्द्र प्रसाद भटराई ,रोेशन कार्की, राहुल चौधरी क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएका थिए । सो प्रतियोगिताका विजेताहरुलाई क्रमश १० हजार, ५ हजार र २५ सय नगद पुुरस्कार दिइएको थियो । प्रतियोगितालाई सफल पार्न विभिन्न सामूूदायीक बनहरु लगायत समाजसेवीहरुले आर्थिक सहयोग गरेको अध्यक्षले लामीछाने मगरले जानकारी दिए । सो प्रतियोगिताको प्रमुुख अतिथि पूूर्व राष्ट्रिय खेलाडी, ब्यवसायी, समाजसेवी श्याम हमाल रहेका थिए ।