कांग्रेस कैलालीमा पूर्व प्राध्यापकहरु आमन्त्रीत जिल्ला सदस्यमा मनोनीत

धनगढी, २९ असोज। नेपाली कांग्रेस कैलालीले पूर्व प्राध्यापक तथा वुद्धीजिविहरुलाई आमन्त्रीत जिल्ला सदस्य तथा जेष्ठ राजनीतिज्ञमा मनोनयन गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित), नियमावली २०७६ अनुसार जिल्ला सभापति नारायण दत्त भट्टले मनोनयन गरेका हुन् । कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द, पञ्चोदय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक पदम सिंह कुँवर, पूर्व प्राध्यापक जगन्नाथ जोशी जिल्ला आमन्त्रीत सदस्यमा मनोनीत भएका हुन् ।
त्यस्तै जेष्ठ राजनीतिज्ञ समितिको संयोजकमा पञ्चोदय माध्यामिक विद्यालयका पूर्व प्रअ यादव प्रसाद जोशी र सदस्यहरुमा दिर्घ बहादुर ठकुरी र धनिराम राना मनोनीत भएका हुन । मनोनीत भएकाहरुलाई एक कार्यक्रमको आयोजना गरी जिल्ला सभापति नारयणदत्त भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वड र कैलाली प्रतिनिधि सभा ५ (ख) का उम्मेद्वार प्रकाश देउवाले सयुक्त रुपमा मनोनय पत्र हस्तान्तरण गरेका हुन् ।
मनोनीत पत्र हस्तान्तरण गर्दै सभापति भट्टले पार्टीले पूर्व प्राध्यापक तथा वुद्धीजिवीहरुको पार्टीलाई सधैं खाँचो रहेको बताए । यस्तै कैलाली प्रतिनिधि सभा ५ (ख) का उम्मेद्वार प्रकाश देउवाले आफु निर्वाचनमा उम्मेद्वार भएपछि भाई भतिजो सरहको माया पाउने विश्वास व्यक्त गरेका छन् । देउवाले आफु कुनैपनि स्वार्थपूर्ति गर्न राजनीतिमा नआएको बताउँदै युवाको नेतृत्व गर्दै विकास समृद्धीमा सक्रिय हुने बताए ।
मनोनीत पत्र हस्तान्तरण कार्यक्रममा जिल्ला सचिव केशव राज मिश्र, प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालको समेत सहभागीता रहेको थियो ।