जमिनको भोगाअधिकार नपाएपछि सुदूरपश्चिमको राजधानी गोदाबरीमा बनाउन सकिएन : दीर्घ सोडारी

धनगढी, २८ असोज । नेकपा एस तर्फबाट कैलाली क्षेत्र नम्बर ४ ‘क’ प्रदेशका उम्मेदबार दीर्घ सोडारीले जमिनको भोगाअधिकार नपाएका कारण सुदूरपश्चिमको राजधानी अत्तरियामा बनाउन नसकको बताएका छन् ।
रेडियो एक्टिभ एफएमको कार्यक्रम निर्वाचन बहसमा बोल्दै नेता सोडारीले सो कुरा बताउनुभएको हो । जमिनको अधिकार सबै संघिय सरकारको मातहातमा रहेकोले भुमिको स्वमित्व नपाएका कारण राजधानी बनाउन नसकेको बताए । राजधानी बनाउन नपाएपछि हामीले के हावामा राजधानी बनाउने उनले बताए ।
राजधानी बनाउनका निम्ती सबै पहल गरेपनि अहिले नसेकेको स्वीकार्दै राजधानी गोदाबरीमै बनाउने समेत नेता सोडारीको दाबी छ । अर्को प्रशंगमा प्रदेश सरकार प्रति रुष्ट भएको प्रश्नमा पहिले राजारजौटा र केन्द्रबाट शासन गर्ने भएकोले अब संघियता कार्यान्वयन गर्ने समय आएको बताउदै नेता सोडारीले चाडै प्रदेश सरकार जनताले महसुस गर्ने समेत बताए ।
गएको पाँच बर्षमा जनताको पक्षमा काम गरेको बताउदै नेता सोडारीले फेरी एकपटक जनताले मतदान गरी बिजयी गराई दिन समेत उनले आम मतदातालाई आग्रह गरेका छन् ।