धनगढी, २२ असोज । अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक जना महिला बेपत्ता भएकी हुन् ।बेपत्ता हुनेमा मंगलसैन नगरपालिका वडा नम्बर ११ गिटिखौला निवासी धन बहादुर रावलकी ४४ वर्षीय श्रीमती सरस्वती रावल रहेकी छन् ।
बयलपाटा बाट घर फर्केन क्रममा आज दिउसो २ बजेको समयमा खोलाले बगाएको बताईएको छ ।यति बेला नेपाल प्रहरी, स्थानीयको टोलीले कैलाश खोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी कार्य जारी राखेको छ ।