डोटी कांग्रेसमा बिद्रोह : प्रतिनिधी सभामा जोशी, प्रदेशमा ‘क’मा खड्का र ‘ख’मा बडु बागी उम्मेदवारी

धनगढी, २२ असोज । नेपाली कांग्रेस डोटीमा बागी उम्मेदवार उठने भएका छन् । नेपाली काग्रेस नेता पदमराज जोशी प्रतिनिधी सभामा र प्रदेश सभामा जितबहादुर खड्का र भूमिराज बडुले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन ।
प्रदेश सभा ‘क’मा खड्का र ‘ख’मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी समेत रहेका पदमराज जोशी संघमा र जितबहादुर खड्का जिल्ला सभापतीमा पराजित भएका बडुले स्वतन्त्र उम्मेदवारी दिने जानकारी दिएका हुन ।
गठबन्धनमा प्रदेश सभा ‘क’मा नेपाली कांग्रेसका सभापती नरेन्द्रबहादुर सिंह नै उम्मेदवार हुने भए पनि खड्काले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन भने ‘ख’मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदूरपश्चिम प्रदेश सरकारका मूख्यमन्त्री त्रिलोचन भट्ट लड्ने तय भएको थियो । प्रतिनिधी सभामा नेकपा एकिकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगर बिरुद्ध पदमराज जोशीले उम्मेदवारी दिने भएका छन् ।