डोटीको बुडरमा हाईस र कार ठोक्किदा पाँच जना घाईते

धनगढी, २२ असोज । धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्ग अन्तरगत बुडर नजिक आज हाईस र कार एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन ।धनगढीबाट सिलगढी तर्फ गईरहेको बा १ ख १४५० नम्बर को हाईस र सिलगढीबाट धनगढी तर्फ गईरहेको प्रदेश नंं ३ – ०१ –०२२ च २०१९ नम्बरको कार शुक्रबार साँझ एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त दुर्घटनामा परि ४ जना यात्रु र एक जना कार चालक घाईते भएका छन । घाईते हुनेहरुमा कारमा सवार यात्रुहरु कन्चनपुर पुनर्वास निवासी राष्ट्रिय सभा सदस्य ईन्द्र कठरिया, सोही ठाउँ निवासी ७० बर्षिय बिश्वनाथ बिष्ट, ४० बर्षिय शान्ति बिष्ट, २८ बर्षिय सुस्मिता बिष्ट, कार चालक चालक अर्जुन केसी रहेका छन ।
प्रहरीका अनुसार घाईते मध्ये शान्ति बिष्टको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहको छ । घाईतेहरुको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहको छ । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र जोशीले जानकारी दिएका छन्