उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

काठमाडौै, १८ असोज । उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। जसकारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो। संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया भवनहरू वा भूमिगत स्थलमा सुरक्षित रहनुहोला, जापान सरकारले मङ्गलबार जापानको समय अनुसार ७ बजेर २९ मिनेटमा जारी गरेको चेतावनीमा भनेको छ। उक्त देशले यस्तो चेतावनी जारी गर्नु दुर्लभ अवस्था हो।