अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ

काठमाडौं, ६ असोज। अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि शुक्रबार तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।
कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।