कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार

कैलाली, ६ असोज/कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन । जिल्लाको गौरीगंगा नगरपालिका–५, अण्डैयामा पतीले पत्नीको हत्या र छोरीलाई घाइते बनाएर फरार भएका हुन ।
अन्दाजी ३६ वर्षीय श्रीमान शेरबहादुर नाम्जाली मगरले श्रीमती अन्दाजी ३३ वर्षीय ललीता नाम्जाली मगरको हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए । उनले १७ वर्षीय छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षीय छोरा विजय नाम्जाली मगरलाई समेत कुटपिट गरेर घाइते बनाएको प्रहरी नायव उपरीक्षक जोशीले बताए । घाइतेको टाउकोमा चोट रहेको र अवस्था मध्यम रहेको जोशीले बताए । छोरालाई भने सामान्य चोट लागेको उनले बताए । उनको खोजीकार्य भइरहेको उनले बताए ।
शेरबहादुर बुधबार मात्रै भारतबाट आएको बताइएको छ ।