नेपालले आज बङ्गलादेशको सामना गर्दै

काठमाडौँ , २ असोज। बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशको सामना गर्ने भएको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बङ्गलादेशबिचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।
समूह बी मा रहेको नेपाल अङ्क विहीन रहँदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।