कैलालीकाे चुरेमा पहिराे जाँदा सात पहाडी जिल्लाकाे यातायात अबरुद्ध

धनगढी,१ असाेज । कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा पहिरो जाँदा सुदूरपश्चिमको सात पहाडी जिल्लाको यातायात अबरुद्ध भएको छ । बिहीबार रातिदेखीको अविरल वर्षाका कारण चुरे गाउँपालिका ६ बालकोट अन्तर्गतको भीमदत्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पहिरो पन्छाएर यातायात संचालनका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । यस्तै भीमदत्त राजमार्गमा अन्य स्थानमा स–साना पहिरोको कारण सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध हुदा सवारी साधनहरु अलपत्र परेका छन् ।