धनगढीको फूलवारीमा भेटियो भारतबाट चोरेर ल्याइएको आठ लाख भारतीय रुपैयाँ

धनगढी, २८ भदौ। कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको छ। सोही वडाको फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
ती व्यक्तिलाई रामपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको सादा पोषाकको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ल्याइएको जोशीले जानकारी दिए। उनी केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको बताइएको छ।