विराटनगर-विराटनगरबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन्।
सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरूलाई मंगलबार दिउँसो ३ बजेतिर पक्राउ गरेको हो। उनीहरूको साथबाट तीन किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ।
प्लाष्टिकमा प्याक गरिएको गाँजा स९प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये आशिष मोटरसाइकल चालक हुन्। दिपेश पछाडि सवार थिए। सशस्त्रलाई देख्नासाथ उनीहरू फरार हुन खोजेका थिए।
पक्राउ परेकाहरूलाई सशस्त्रले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।