एनएमबी बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा फाइदै–फाइदा

काठमाडौं,९असार। एनएमबि बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतदेखि ५०० रुपैयाँ क्यासब्याकसम्म सुविधा पाउने भएका छन् ।
बैंकका ग्राहकले भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यो सुविधा पाउनेगरी सम्झौता भएको छ ।
यो योजना १२ असार २०७९ देखि सीमित अवधिका लागि सञ्चालन हुँदैछ ।
बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो ।
यो अभियान मुख्यतया धनगढीका ग्राहकलाई लक्षित गरी ल्याइएको बैंकले जनाएको छ ।