१७ एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाण्डौं, ९ असार/गृह मन्त्रालयले बुधबार नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ।
बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो। जसमध्ये चार जना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन्।
बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन्। दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन्।
अन्यमा क्रमशः अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन्।
१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए।