धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

धनगढी, ८ असार/धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो। बझाङ बुंगल नगरपालिका वडा ८ घर भई हाल धनगढी उपमहानगरपालिका ५ तारानगर डेरा गरी बस्ने २८ वर्याीय प्रेम ऐडी र धनगढी उपमहानगरपालिका २ बस्ने गणेश विष्टलाई पक्राउ परेको प्रहरीले बताएको छ।
उनीहरुको साथबाट २.५ किलोग्राम र १० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवत्ता वेदप्रकाश जोशीले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।