कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी,५असार। कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टङ्क सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटमा जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका डिएसपी बेदप्रसाद जोशीले जाकारी दिएका छन्।