अमेरिकी सेनाका कमान्डिङ जनरल फ्लिनले भेटे प्रधानमन्त्री
-165.jpg)
काठमाण्डौं, २७ जेठ/चारदिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्स ए फ्लिन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच शिष्टाचार भेट भएको हो।
भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए।
फ्लिनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन्। भेटका लागि फ्लिन राष्ट्रपति निवास शितल निवास पुगेका थिए।