काठमाडौं, ३ चैत/नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । यी तीनै पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
यो सँगै अब पेट्रोलको प्रति लिटर मूल्य १५५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । यस्तै, आन्तरिक हवाइ इन्धनमा पनि प्रतिलिटर १५ ले वृद्धि गरी १५१ रुपैयाँ पुगाएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १४४९ अमेरिकी डलर पुगाएको छ । एलपी ग्यास मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।