पूर्व प्रधानमन्त्री नेपाल अस्ट्रेलिया जाने

पूर्व प्रधानमन्त्री एवंम एमालेका बरिष्ट नेता माधवकुमार नेपाल अस्ट्रेलिया जाने भएका छन् । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको आयोजनामा हुने समसामयिक राजनीतिक अन्तरक्रिया तथा रात्री भोज कार्यक्रममा सहभागी हुन नेपाल अस्ट्रेलिया जान लागेका हुन् । मञ्चले आगामी अगस्ट ४ मा अन्तरक्रिया तथा रात्रि भोज कार्यक्रमको आयोजना गरेको मञ्चका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए । साथै मञ्चले कार्यक्रममा उपस्थितिका लागि अस्ट्रेलियाका नेपालीहरुलाई निमन्त्रणा गरेको छ ।