गाउँ पसेको जङ्गली हात्ती मृत भेटियो

कञ्चनपुर, ११ फागुन/कञ्चनपुरको पुनर्वास नगरपालिका–२, अमरैयामा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
शनिबार सो हात्ती बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएको थियो । सोपछि हात्तीलाई लालझाडी वन क्षेत्रमा फर्काउन वन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले दिनभर प्रयास गरेका थिए । उखु खेतमा पसेको हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको बताइएको छ ।
करिब १० वर्ष उमेरको सो जङ्गली हात्ती बिरामी रहेको हुनसक्ने अनुमान गरिएको छ ।