अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष पक्राउ

बाजुरा, ११ फागुन/नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।
तीन दिन अघि दलित समुदायका एक जनालाई अश्लिल शब्द प्रयोग गरेर गाली गरेको अडियोसहित उजुरी आएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी धनदेव साउँदले बताए ।
बडीमालिका वडा नम्बर ५ घर भएका साउँद मंगलबार राति मार्तडी बजारबाट पक्राउ परेका हुन । पक्राउ परेका साउँदलाई जातीय छुवाछुत अन्तर्गत कसुरमा मुद्दा अगाडी बढाई म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।