दाउरा चिर्ने विषयमा विवाद हुँदा श्रीमतीको हत्या

सिन्धुपाल्चोक, ११ फागुन/बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा चिर्ने विषयमा भएकोविबादका कारण जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।