कलाकार जयनन्द लामाको निधन

काठमाडौं,११फागुन। कलाकार जयनन्द लामाको निधन भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष गायक बद्री पंगेनीले कलाकार लामाको निधन भएको बताएका छन्।
उनले बुधबार बिहान २ बजे लामाको निधन भएको बताए। लामाको निधनप्रति गायक पंगेनीले दुस्ख व्यक्त गरेका छन्। पछिल्लो समय लामा चलचित्र अभिनयमासमेत व्यस्त रहेका थिए।