गाँउघर खोप किल्निकको भवन स्थानीयद्वारा तोडफोड

धनगढी, ८ फागुन।कैलालीको गौरीगंगा–६ बनबेहेडाको रानीफाँटामा निर्माणाधिन गाँउघर खोप किल्निकको भवन स्थानियले तोडफोड गरेका छन् । गौरीगंगा नगरपालिको लागानीमा निर्माण भैरहेको एक हल दुई कोठे भवन पक्की भवन स्थानीयले तोडफोड गरेका छन् ।
अधुरो रहेको भवनमा बजेट बिनियोजन गरी निर्माण सम्पन्न प्रकृयामा रहेको भवन राजनीति पुर्वग्राहीमा स्थानीयलाई उस्काएर स्थानियबाट तोडफोड गराईएको गौरीगंगा–६की वडा अध्यक्ष निर्मला शर्माले जानकारी दिईन् । १० लाख बजोट बिनियोजन गरी अधुरो रहेको गाँउघर खोप किल्निक निर्माण भैरहेको छ । रानीफाँटामा रहेको ६ कट्ठा १३ धुर सार्बजनिक जमिनमा गाँउघर खोप किल्निक निर्माण भैरहेको थियो ।
तोडफोडमा कार्यमा संलग्न आठ जनाको नाममा वडा अध्यक्ष शर्माले ईलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी समेत दर्ता गराएकी छन् । तोडफोडमा संलग्न गौरीगंगा–६ बनबेहेडाको रानीफाँटाका मानबहादुर ओखेडा, जितबहादुर ओखेडा, बासु ओखेडा, दुर्गा ओखेडा, मिना ओखेडा, तिलक बोहरा, दिलबहादुर रावल र सुनितादेवी रावलको नाममा किटानी जाहेरी दर्ता गराएको वडा अध्यक्ष कमला शर्माले जानकारी दिईन् ।
यस्तो सार्बजनिक बिकासका काममा अबरोध गरे क्षति गर्नेलाई हदै सम्म कार्वाही गर्न समेत वडा अध्यक्ष शर्माको माग रहेको छ । अधुरो खोप किल्निक भवन निर्माण समितिका अध्यक्ष सुरत खड्काले दुई लाख ५० हजार क्षति भएको बताएका छन् । निर्माण सम्पन्नकै क्रममा रहेको भवन तोडफोडबाट चिनाई र पिल्लर पुर्ण रुपमा क्षति भएको खड्काले जानकारी दिएका छन् ।