नयाँ वर्षमा जेसिजको ‘अब धनगढी दौडिन्छ’

धनगढी, ६ चैत विगतका वर्षहरमा झै नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ हाफ म्याराथन को पाँचौ संकरणको आयोजना गर्ने भएको छ । मगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताबारे जानकारी दिएको छ । धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाले आउदो बैशाख १ गते हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । उहाँले प्रतियोगितामा करिब २ हजार ५ सय जनाको सहभागीता रहने बताउनुभयो । खुल्ला म्याराथुन, कर्पोरेट र ट्राई साइकल गरी ३ विधामा म्याराथुन प्रतियोगिता हुने छ । खुल्ला तर्फ प्रथम हुनेलाई ५१ ह्जार, द्वित्तियलाई २५ हजार र तृतियलार्ई १५ हजार रुपैया नगद पुरस्कारको ब्यवस्था गरिएको छ भने कर्पोरेट र ट्राई साइकलतर्फ प्रथमलाई ५ हजार, द्धित्तियलाई ३ हजार र तृतियलाई २ हजार पुरुस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक कमल पनेरुलेले बताउनुभयो । प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र अन्य क्षेत्रबाट समेत प्रतियोगिहरुको सहभागिता रहने छ । २१ दशमलव १ किलोमिटरको दुरी रहने हाफ म्याराथनमा कर्पोरेड दौडको दुरी भने पाँच किलोमिटर रहनेछ । प्रतियोगिताका संयोजक कमल पनेरुले फरक क्षमता भएका व्यक्तिहरुको पनि सहभागिता होस भन्ने उद्देश्यले ट्राई साईकलको समेत दौड प्रतियोगिता राखिएको प्रतियोगिताका संयोजक पनेरुले बताउनुभयो । गत बर्षको प्रतियोगिताबाट संकलित रकम बाट १२ लाखको शवबाहन जिल्ला रेडक्रसलाई दिएको र यस बर्ष पनि बचेको रकम कुनै सामाजिक क्षेत्रमा लगानी हुने संयोजक पनेरुले जानकारी दिनुभयो । अघिल्लो वर्ष उक्त प्रतियोगितामा नेपाली सेनाका हरि कुमार रिमाल प्रथम भएका थिए । उनले निर्धा्रित दुरि १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा पार गरेका थिए ।