मसला ठानेर दालमा विषादी हालेपछि........

कञ्चनपुर, ११ माघ/विषादी हालेको खाना खाएपछि कञ्चनपुरमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । विषादी हालेको खाना खाएपछि जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय रमादेवी विष्ट, ४५ वर्षीय कलावती, १७ वर्षीय सरिता, १४ वर्षीय शमिर र ८ वर्षीया समिक्षा बिरामी परेको आफन्त पुष्करबहादुर सिंहले बताए । मंगलबार बिहान दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन । ‘घरमा सानी छोरीले खाना बनाउँदा दालमा गल्तीले मसलाको सट्टा विषादी हालेकी रहेछिन्’ आफन्त पुष्करबहादुर सिंहले भने, ‘त्यही खाना खाएर सबै बिरामी परेका हुन् ।’
उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।