कैलालीको फूलवारीमा भुवा नाच सम्पन्न

धनगढी,२९पुस।कैलालीको धनगढी उपमहानगरपािलका फूलवारीमा संचालित भुवा नाचको एक कार्यक्रमका बिच समापन गरिएको छ ।
सुदूरपश्चिम संस्कति समाज फूलवारीले अयोजना गरेको भुवा नाचको बुधबार समापन गरिएको हो ।समाजका अध्यक्ष मानबहादुर बिष्टको सभापतित्वमा सम्पन्न समापन समारोहमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा प्रमुख अतिथि रहेका थिए ।सो समापन समारोहमा भुवा नाचको प्रस्तुतीसंगै देउडा गायक ध्वज महरा लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा भुवानाच संरक्षण गर्न सहयोग गर्ने बिभिन्न ब्याक्तीहरुलाई सम्मान समेत गरिएको सुदूरपश्चिम संस्कति समाज फूलवारीका अध्यक्ष मानबहादुर बिष्टले जानकारी दिएका छन् । भुवा नाच पुस २० गते देखि फूलवारीका बिभिन्न बस्तीहरुमा खेलिएको थियो ।
हरेक वर्ष पुस महिनामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्व मनाईने गरिएको छ । युद्धकालीन अभ्यास संस्कृतिमा भुवा पर्वका तामझामका साथ मनाइने गरिन्छ।