लागुऔषधसहित दुई जना पक्राउ

धनगढी, १७ पुस/कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीको गस्ती टोलीले पुनर्वास नगरपालिका–१०, दोदापुलबाट दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीय सनम भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनले चलाएको से ३ प ४४९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र राखेको अवस्थामा नाइट्राभेट १५ ट्याब्लेट र स्पास लेखेको ४४ क्याब्सुल फेला पारेको प्रहरीले बताएको छ । सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय रितु भण्डारी पनि पक्राउ परेको बताइएको छ ।