नेतृ डा. संग्रौलाको ‘नेपालीका सपना अधुरै’ पुस्तक सार्वजनिक, प्रधानमन्त्रीले गरे प्रशंसा

काठमाडौं ,१७पुस।। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाको ‘नेपालीका सपना अधुरै’ पुस्तक सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक भएको हो । उनले पुस्तकमा नेपाली राजनीतिको यथार्थता र देशको अर्थ–राजनीतिको विषयमा उल्लेख गरिएको छ । डा.संग्रौलाको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू पनि उल्लेख गरिएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा विद्यावारिधि गरेकी डा.संग्रौला विगत ४३ वर्षदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा छन् । वि.स २०३५ सालबाट नेपाल विद्यार्थी संघको सदस्यबाट औपचारिक राजनीतिक यात्रा सुरु गर्दै उनी २०३८ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङ स्ववियू कार्यसमिति सदस्य, २०४८ सालमा नेपाल महिला संघ विराटनगरको अध्यक्ष, २०५३ सालदेखि हालसम्म नेपाली काँग्रेसको महाधिवेशन तथा महासमिति सदस्य लगायत विभिन्न पदमा रहेर काम गरेकी छन् । यस्तै, उनी २०६५ सालमा नेपाली काँग्रेस मोरङको उपसभापति, २०६९ देखि २०७३ सालसम्म नेपाल महिला संघको केन्द्रिय अध्यक्ष, २०७२ सालमा नेपाली काँग्रेसको केन्द्रिय सदस्य, २०७४ सालमा प्रतिनिधिसभा सदस्य हुँदै अहिले बहुमतका साथ काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । डा. संग्रौलासँग विभिन्न शैक्षिक संघ संस्थामा पनि पनि प्रध्यापन तथा अनुसनधानकर्ताका रुपमा रहेर काम गरेको अनुभव छ । उनले एक दर्जनभन्दा बढी अनुसन्धान तथा दर्जनौं लेख रचनाहरु प्रकाशन गरेकी छन् । नेपाली राजनीतिमा प्रखर स्पष्ट वक्ताका रुपमा पहिचान बनाएकी डा. संग्रौला लोकप्रिय र अध्ययनशिल नेतृको रुपमा पनि धेरैले चिन्छन् । अध्ययन तथा अनुसनधानकै क्रममा बेलायत, अष्ट्रेलिया, चीन, साउदी अरेविया, इन्डोनेसिया, भारत लगायत देशमा भ्रमण पनि गरिसकेकी छन् । शनिबार पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृ संग्रौलाको यो पुस्तकले धेरैलाई उत्प्रेरणा मिल्ने बताए ।
देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताउँदै डा.संग्रौलाको नेपाली काँग्रेस पार्टीमा महत्वपूर्ण भूमीका रहेको बताए । ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ, नेपालमा काँग्रेस जस्तो समावेशी पार्टी अरु कुनै छैन, पार्टीभित्र र सदनमा नेता संग्रौलाले सक्रिय भूमिका खेल्ने गर्नु भएको छ,’ प्रधानमन्त्री देउवाले भने । उनले डा. संग्रौलाको कामलाई खलेर प्रशंसा पनि गरे । कार्यक्रममा नेतृ संग्रौलाले यो पुस्तकले नेपाली राजनीति र संसदीय अभ्यासको विषयमा चर्चा गर्न खोजिएको बताीइन् । नेपाली राजनीतिमा लाग्ने हरेक व्यक्ति तथा नेताहरुले सडकदेखि सदनसम्म गर्ने गतिविधि र भूमीकाको विषयमा पनि स्पष्ट पार्न खोजिएको बताइन् ।