काठमाडौं,१८ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिई आज बिहान स्वदेश फर्किंदै छन् ।
यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन गएका थिए ।
प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १।५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल प्रस्थान गरेका थिए । उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछन् ।