बर्दगोरीयाको काँग्रेसको वडा भेला

राजेन्द्र रावल \ बौनिया, ३० फागुन नेपाली कांग्रेस बर्दगोरीया गाउपालीका वडा नं १ को वडा भेला बुधबार बौनियांमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । नेपाली कांगे्रस बर्दगोरिया गाउपालीका वडा नं. १ का सभापी लालमणी जोसीको सभापतित्वमा सम्पन्न वडा भेलामा मान बहादुर महतो प्रमुख अतिथी रहनुभएको थियो भने पुर्व शिक्षा राज्यमन्त्री एवम नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का प्रतिनीधि सभा उम्मेद्धार मोहनसिंह राठोर, जनक बम, गणेश बहादुर शाही, लम्की चुहा नगरपालीकाका कांग्रेस नगर सभापती राम बहादुर विष्ट विशिष्ट अतिथी रहनुभएको थियो । भेलामा बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलीराम चौधरी, दलविर साउंद नेवि संघका भरत शाही, लगायतले बोल्नुभएको थियो । तुलाराम जोषीको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन नारायण बिनाडीले गरेका थियो ।