बझाङमा जिप दुर्घटना २ महिलाको मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुधबार विहान भएको दुर्घटनामा छविसपाथीभेरा गाँउपालीका ५ की ५२ बर्षिया सोनकोसा जाग्री र ४८ बर्षिया रुद्रा जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए । छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजार तर्फ आँउदै गरेको से १ ज ६१५ नम्बरको जिप झुतेरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटानामा परि २ जना घाईते भएका छन् । घाईतेको छविसपाथीभेरा ५ कै जमान धामी र देबराज जाग्री रहेका छन् । घाईते दुबैजनाको अवस्था चिन्ताजनक रहेको जनाईएको छ । घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।