श्री एयरलाइन्सको जहाज दुर्घटना, यात्रुहरु सकुशल

काठमाडौं,१९ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको ९एनएएन एफ जहाज रनवेमा दुर्घटनामा परेको हो ।
पार्किङबाट रनवेतर्फ जाँदा जहाजको एउटा टायर धसिएपछि दुर्घटना भएको हो । बिहान करिब १० बजे नेपालगञ्जका लागि उडान भर्ने तयारी गर्दा जहाज दुर्घटनामा परेको हो ।
अहिले जहाजको धसिएको चक्का निकाल्ने काम भइरहेको र जहाजमा कुनै क्षति नभएको श्री एयरलाइन्स स्रोतले जनाएको छ । यात्रामा रहेका यात्रुहरु सकुशल छन् ।
तस्वीर -सुशील भट्टराईको ट्वीटरबाट