जीवन बिष्ट
सुखड १३ साउन
गएराति घरबाटै चौरी भएको मोटर साईकल सहित घोडाघोडी नगरपालिका ४ माघी बाट २ जना प्रक्राउ परेका छन् ।पक्राउ पर्नेमा माघीका १८ बर्षका नविन चौधरी र १६ बर्षिय निराजन चौधरी रहेका छन् ।उनीहरुले गएराती सुनिलराज सापकोटाको नाममा रहेको से३प ३५९४ नम्वरको मोटर साइकल घोडाघोडी १ घोडाघोडीमै रहेको गाडी धनिको घरको बरन्डमा ताला लगाएर राखेको अवस्थामा चोरी गरेको खुलेको छ ।मोटरसाइकल चोरी भएको थाहा पाउने बित्तीकै मा्टरसाइकल धनीले इलाका प्रहरी कार्यालय सुखड लाई खवर गरेका थिए ।प्रहरी २४ घण्टा बित्न नपाउदै मोटर सहित प्रहरीले उनीहरलाई पक्राउ गरेको हो । बयानको क्रममा उनीहरले चोरीमा माघीकै दिपेन्द्र चौधरी पनि सग्लग्न रहेको बताए लगतै दिपेन्द्रलाई समात्न प्रहरी टोली माघी गएको छ ।अहिले अनुसन्धान भइरहेको र अनुसन्धान पछि आवश्यक कारवाही गरिने इलाका प्रहरीकार्यालय सुखड प्रमुख कर्ण सिह कार्कीले जानकारी दिनु भयो ।