तयारी नपुगेको भन्दै कांग्रेस शीर्षको पदाधिकारी बैठक स्थगित
झलक दवाडी
2078-03-17
काठमाडौं,१७असार। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा एक समिति गठन गरेको छ। देशभरबाट आठ लाख बढि क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन् । तर मापदण्ड बनाउन नसक्दा समितिले अधिकांश उजुरीमाथि छानविन गर्न सकेको छैन ।