धनगढी,१४ असार।सुदूरपश्चिम प्रदेश सभाको बैठकमा माननीयदेखि त्यहाँ बस्ने सबैका लागि नियम बनाईएको छ । तर प्रदेश सभाको बैठक चलिरहँदा प्रदेश सभा सदस्यहरुले नै नियम उलंघन गर्दै आएका छन् ।
महत्वपूर्ण विषयमा बैठक चल्दा पनि प्रदेश सभाभित्र रहेका माननीयहरुको अमर्यादित व्यवहार र शैली देखिएको आएको छ ।
आईतबार भएको प्रदेश सभा बैठकमा उपस्थित माननीयहरुमध्ये कोही निद्रामा मस्त रहेका देखिएका थिए भने कोही माननीयहरु फोनमा व्यस्त थिए । जबकी त्यहाँ मोबाईल फोनको प्रयोग गर्न पाईदैन् । प्रदेश सभाका सदस्यहरुले नै नियमको खिल्ली उडाउँदै आएका छन् ।
सोहि बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन भनेका थिए । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गरेका थिए ।
आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केहि सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौँ अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गरे तर बैठकमा सुत्न पाईने नपाइने कुरामा रुलिङ भएको छैन ।
‘माननीय सदस्यहरुलाई मोबाइल नचलाउन हुन म अनुरोध गर्दछु’ सभामुख थापाले भनेका थिए ।