धनगढी, ७ असार । कैलालीको धनगढीमा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न सहयोग गरिएको छ ।
नेपाली कांग्रेसकी नेतृ तथा वरिष्ठ समाजसेवी डा. आरजु राणा देउवाले नेतृत्व गरेको संस्था सुरक्षित मातृत्व संजाल महासंघ नेपालले पोषणयुक्त खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ को फूलवारीबाट सोमबार देखि सुरु गरिएको पोषणयुक्त खाद्यान्न सहयोग कार्यक्रम उपमहानगरपालिका १९ वटै वडाहरु र कैलारी गाउँपालिकाका केही वडाहरुमा संचालन गरिने सुरक्षित मातृत्व संजाल महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष विनय लामाले बताए ।
हरेक गर्भवती र सुत्केरी महिलाहरुलाई चामल २५ केजी, स्वयविन २ पोका, भुजा २ पोका, मास्क १० थान, चना २ केजी, आलु ५ केजी, दाल २ केजी, अण्डा १ केजी, साबुन २ पिस, चिनी १ केजी र तेल १ लिटर वितरण गरिएको सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कैलाली अध्यक्ष तपेन्द्र भुषालले जानकारी दिए ।
पछिल्लो समयमा काँग्रेस नेतृ तथा समाजसेवी डा. आरजु राणा देउवाको पहिलमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कोभिड १९ बाट प्रभावितहरुलाई सहयोग प्रदान गरिदै आएको छ ।
केहिदिन अघि उनले उपमहानगरपालिकाको फूलबारी र उर्मा क्षेत्रमा रहेको स्वास्थ्य चौकीहरुमा अक्सिजन कन्सलट्रेटर सहित स्वास्थ्य सामाग्री वितरण गरेकी थिईन् ।
समस्यामा परेका जनताहरु माझ निर्वाचित जनप्रतिनिधीहरुले कुनै पनि सहयोग नगरेको भन्दै आलोचना हुने गरेको भएपनि पछिल्लो समयमा डा. आरजुको सामाजिक कार्यको स्थानियहरुले खुलेर प्रशंसा गर्न थालेका छन् ।