धनगढी,७असार। कोरोना महामारीको संक्रमण कायमै रहेको भन्दै कैलाली जिल्लामा जारी निषेधाज्ञा फेरी १ हप्ताका लागि थप्ने तयारी गरिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा फेरी पनि थप गर्ने तयारीमा रहेको बताए। तर सरकारी कार्यालयहरु सुरक्षाका मापदपण्ड अपनाएर सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ।
यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने प्रजिअ रिजालले जानकारी दिए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने निर्णय गर्न बाँकी रहेको र आदेश पनि जारी गर्न बाँकी रहेको प्रजिअ रिजालले जनाए।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको हो।