धनगढी,६असार। कैलालीको धनगढीमा सडक नबनाएको भन्दै सडकमै रोपाई गरिएको छ ।धनगढीको हसनपुर–शिवनगर सडक बनाएको भन्दै स्थानीयले सकडमै धान रोपेर विरोध गरेका हुन् ।
उनीहरुले भएको सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै रोपाई गरेका हुन् ।
उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गरेको स्थानीय दिवाकर भट्टले बताए। उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए।
भएका संरचना भत्काउन आउने, बनाउने नआउने भन्दै केहीबेर सरकारविरूद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए। पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ।