कांग्रेसका नेताहरुकोे निर्देशनमा शिक्षक भर्ती गर्न खोजेपछि असन्तुष्ट पक्षद्धारा बैठक पुस्तिका च्यातच

दीपक जोशी, धनगढी । धनगढीको शारदा उच्च माध्यामिक बिद्यालय वैयावेहडीमा रिक्त रहेको माध्यामिक तहको दरबन्दीमा शिक्षक सरुवा मिलान गर्दा मोटो रकमको चलखेल भएको आरोप लागेको छ । बिद्यालयमा सरुवा मिलान गरेर शिक्षकको पदपुर्ती गर्ने क्रममा मोटो रकमको चलखेल भएको आरोप लागेको हो । नेपाली कांग्रेस कैलालीका जिल्ला तहका नेताहरुको निर्देशनमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफु निकट शिक्षकलाई राख्ने निर्णय गरेपछि असन्तुष्ट सदस्यहरुले बैठक पुस्तिका नै च्यातेका छन । उनीहरुले व्यवस्थापन समितिका अध्यक्षले कांग्रेसका नेताहरुको निर्देशनमा बिद्यालयमा मनपरी गर्न खोजेको आरोप लगाएका छन । नेपाली कांग्रेस कैलालीका जिल्ला तहका नेताहरुको निर्देशनमा शिक्षक भर्ती गर्न खोजेको भन्दै धनगढीको शारदा माध्यामिक बिद्यालयमा रडाको मच्चिएको हो । विद्यालय व्यवस्थापन समितिको बैठकमा अध्यक्ष मानबहादुर चौधरीले जसरी पनि गणेश मिश्रलाई नै सरुवा मिलान गर्न खोजेपछि असन्तुष्ट सदस्यहरुले बैठक पुस्तिका नै च्यातेका छन । अध्यक्षले कांग्रेसका नेताहरुको निर्देशनमा आफु खुशी निर्णय लेख्न लगाएपछि बैठक पुस्तिका च्यातेको ै बिद्यालय व्यवस्थापन समितिका सदस्य डम्बर सुनारले वताए । असन्तुष्ट सदस्यहरुले बैठक पुस्तिका च्यातेपनि अध्यक्ष मानबहादुर चौधरीले दोस्रो पटक म्याईनुट लेख्न लगाई गणेश मिश्रलाई नै आफ्नो बिद्यालयमा सरुवा मिलानको निर्णय गर्दै जिल्ला शिक्षा कार्यालय कैलालीमा बोदार्र्थ पठाएका छन । आफुहरुले सो निर्णय नमान्ने भन्दै माईनुट च्यातेपनि अर्काे निर्णय गरिएपछि जिल्ला शिक्षा कार्यालयमा उजुरी गरेको वडा सदस्य सुनारले वताए । व्यवस्थापन समितिको असन्तुष्ट पक्षले बिद्यालयमा अंग्रेजी वा नेपाली बिषयको शिक्षकको आवश्यकता रहेको भएपनि आफ्नो मान्छे ल्याउन अध्यक्ष मानबहादुर चौधरीले गणित बिषयको शिक्षक सरुवा मिलान गरेको आरोप लगाएका छन । अध्यक्ष चौधरीले ल्याउन खोजेका गणित बिषयका शिक्षक गणेश मिश्र नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको उप प्रमुखमा बिजयी शुसिला मिश्र भट्टका नाता पर्ने भाई भएकोले पनि उनलाई राख्न व्यवस्थापन समितिमा दवाव परेको बताईएको छ । तर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी भने कसैको दवावमा पर्नुभन्दा पनि बिद्यालयमा गणित बिषयको शिक्षक आवश्यक रहेकोले मिश्रलाई राख्ने निर्णय गरेको दावी गर्छन् । बिद्यालयमा सरुवा मिलान हुन पाउन भनि १३ जना शिक्षकहरुले निवेदन दिएका थिए जसमा गणित बिषयका पनि मिश्र सहित चार जनाले निवेदन दर्ता गराएका छन तर व्यवस्थापन समितिको बैठकमा अध्यक्ष चौधरीले मिश्र बाहेक अरु हुनै नसक्ने अडान लिएको असन्तुष्ट पक्षको आरोप छ । साभार: दिनेशखबर