लोकबहादुर देउवा
लम्की, १३ साउन
कैलालीको लम्कीचुहा नगरपालिका १० महेन्द्र राजमार्गमा लागु पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा मोटरसाइकल चेक जाँच गर्ने क्रममा चुहा अस्थायि प्रहरी पोष्टले पक्राउ गरेको हो । से ३ प ४१३० नम्बरको मोटरसाइकलमा प्रतापपूर बाट धनगढी लिंदै गरेको लागु पदार्थ सहित धनगढी उपमहानगरपालिका वडा नं. ६ बस्ने २४ वर्षिय रमेश मल्ल र गणेश बहादुर चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लम्कीलाई बुझाएको छ ।
अस्थायी प्रहरी पोष्टका हवल्दार महोन सिङ भाट र प्रहरी जवान कृष्ण प्रसाद तिमिल्सैनाले चेक जाँचको क्रममा उनिहरुलाई समातेका थिए ।
करिब ३०० ग्राम बराबरको लागु पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । थप आवश्यक अनुसन्धान गरी पक्राउ परिएका दुबै जनालाई धनगढी चलान गरिने इलाका प्रहरी कार्यलय लम्कीका प्रमुख नैनसिङ साउँदले जानकारी दिनु भएको छ । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।