फागुन २८, काठमाडौं । कैलाली जिल्ला कारागारमै ७ दिनदेखि अनसनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशम चौधरीले औषधी सेवन गर्न नमानेपछि उनको स्वास्थ्य नाजुक हुँदै गएको छ । शुक्रबार अस्पताल भर्ना गरिएका चौधरीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार फेरि अस्पताल लगिएको छ । शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्याइएका चौधरीले चिकित्सकले दिएको औषधि सेवन गर्न नमानेपछि उनलाई कारागार फकाइएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार फेरि अस्पताल पु¥याइएको कारागार प्रशासनले जनाएको छ । जेलभित्रै अनसनमा बसेका टीकापुर घटनाका अभियुक्त रेमश चौधरीले उपचार गर्न नमानेपछि काठमाडौंस्थित सेन्ट्रल जेल पठाइएको छ ।स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । टिकापुर घटनाको मुद्धा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाण पत्र दिनुपर्ने र प्रतिनिधिसभा सदस्यको शपथ खान पाउनुपर्ने लगायतका माग राखी चौधरी सहित २४ जनाले अनसन सुरु गरेका थिए । अनसनरत अन्य बन्दीहरुको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताइएको छ ।