धनगढी,२५ जेठ। नेकपा एमालेले सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उनीहरुलाई पहिले पनि स्पष्टिकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए ।
उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेशसभालाई गराउने बताए ।नेपाल समूहका १७ जना सांसदले पार्टीको निर्देशन विपरित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए ।