धनगढी ,२२जेठ ।प्राकृति स्रोत व्यवस्थापनमा स्थानीय समुदायको अधिकार स्थापित गराउन सन्चारको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वातावरण चुरे संरक्षण अभियान्ता कैलालीका पत्रकार वीरेन्द्रबहादुर रावल सम्मानित भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको साता व्यापी स्थापना दिवस तथा विश्व वातावरण दिवस अर्थात जुन ५ को अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले भर्चुअल सम्मेलनको माध्यमबाट सम्मानित गरेको हो ।
कोराना कहरले भेलाको आयोजना गर्न नसकेकाले भर्चुअल विधिबाट आयोजना गरिएको साता ब्यापी महासंघको स्थापना दिवसको समापन र विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण अभियान्ता एवम् धनगढीबाट प्रकाशित हुने युगअस्त्र दैनिकका प्रकाशक/सम्पादक वीरेन्द्रबहादुर रावललाई प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले सम्मानित गरेकि हुन् । २०५४ सालदेखि कैलाली जिल्लाको धनगढीबाट नियमित रुपले वन वातावरणको क्षेत्रमा कलम चलाएवाफत उक्त पुरस्कार प्रदान गरिएको महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिईन् । पत्रकार रावलले सुदूरपश्चिममा रहेर विगत लामो समयदेखि सामुदायिक वनका सकारात्मक पाटोलाई सम्प्रेषण गर्ने र गलत पक्षको रचनात्मक रुपले संचार वकालत गर्ने कार्य गर्दै आएका छन् ।
यसका साथसाथै चुरे वातावरण तथा जैविक विविधता संरक्षण मंच नेपालका अध्यक्षसमेत रहेका रावलले चुरे बचाउ अभियानलाई सफल पार्न विगतमा कैलाली जिल्लाका साबिकका सात वटा पहाडी गाउँ विकास समितिमा एक गाबिस एक सय एक युवा भन्ने अभियान लिएर युवा संजाल निर्माण गरेर दैविक प्रकोप न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरुसमेत सन्चालन गर्दै आएका थिए । कोरोनाका कारण गत वर्षदेखि सो अभियान सन्चालन हुन नसकेपनी सन्चारको माध्यमबाट भने निरन्तर वकालत गरिरहेका छन् । यसका साथसाथै नेपालको वन सम्पदा विनास हुने गरि वैज्ञानिक वनका नाममा भैरहेको सर्पट रुख कटानीकाबिरुद्धमा समेत कलम चलाउने र सामाजिक आन्दोलन सन्चालन गर्ने कार्यकोसमेत नेतृत्व गर्दै आएका छन् । त्यसबाट व्यापक जनदबाव सिर्जना भएपछि नेपाल सरकारको मन्त्री परिषदको बैठकले वन एन २०७१ लाई संशोधन गर्दै वैज्ञानिक वन नीतिबाट खारेज गरेको थियो ।
वन वातावरणको क्षेत्रमा क्रियाशिल रहदै चुरे बचाउ अभियानलाई सम्पादक रावलले वि.स. २०७६ साल देखिनै सन्चालन गर्दै आएका छन् । जून विधिबाट गरिएको सम्मान कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले वातावरण संरक्षण अभियानमा सक्रिय पत्रकार एवं वातावरण संरक्षण अभियानकर्ता रावललाई सम्मान गर्न पाँउदा खुशी भएको बताईन ।