धनगढी , २७फागुन / कैलालीको धनगढी उप–महानरपालिकामा छाडा चौपायाँका कारण किसानहरु मर्कामा परेका छन् । दैनिक जसो हँुलकाहुँल आउने छाडा पशुचौपायाहरुले किसानले लगाएको अँन्नवाली र तरकारी खाईदिदा किसानहरु मर्कामा परेका हुन । उप–महानगरपालिका क्षेत्रमा किसानको पक्नैलागेको गँहुवाली र तरकारी खेती छाडाचौपायाँहरुले सखाप पार्दा भोकमारीको समस्या सिर्जना हुनेमा किसानहरुले चिन्ता ब्याक्त गरेका छन् । आपूmले लगाएको १ विगाहको गहुँवाली छाडा पशु चौपायाँहरुले नोक्सान गरीसकेको धनगढी उपमहानगरपालिकाका किसान धनबहादुर विष्टले गुनासो ब्याक्त गर्दै स्थानिय निकायले नियन्त्रणको ठोस पहल नगरेको समेत उनले आरोप लगाए । यस्तै सोही वडाका अर्का किसान माधव अधिकारीले छाडा पशुचौपायाँ नियन्त्रणमा स्थानिय निकायले किसानहरुले पिँडा भोगीरहदा समेत कानमा तेल हालेर वसेको आरोप लगाए । रातभरीजसो हुलकाहुल छाडा पशुचौपायाँहरु आएर गँहुवाली नष्ट गर्न थालेपछि खेतमै ओच्छान लगाएर सुत्नु परेको बाँध्यता धनगढी उप–महानगरपालिका १४का किसान सन्त बहादुर सुर्यबंसी मगर सुनाए । यस्तै उपमहानगरपालिका अन्य वडाका किसानहरुले समेत यस्तै पिडा बोकीरहेका छन्, भने स्थानिय तहले छाडा पशु चौपाया नियन्त्रण गर्न कुनै ठोस पहल नचालेको आरोप थुर्पै किसानहरुले लगाएका छन् । यसै विषय धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई छाडाँ पशुचौपाया नियन्त्रणकालागि उप–महानगरपालिमा भईरहेको ठोस कदमका विषयमा जिज्ञासा राख्दा छाडाँ पशुचौपायाको अन्यन्त्र जिल्लामा ब्यबस्थापनको काम भईरहेकोले छिटै समस्या सामाधान हुने प्रतिक्रिया दिएका छन् ।