काठमाडौँ , फागुन ८| माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचत भएका छन् । सभामुख पदमा महराको एकमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । सभामुखमा महरालाई माओवादीका सचेतक देव गुरुङको समर्थन र एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रस्ताव रहेको थियो । त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सभामुखमा महरालाई समर्थन गरेको थियो । समर्थन गर्ने क्रममा कांग्रेस सांसद मिनेन्द्र रिजालले सालिन व्यक्ति महराले सभाको नेतृत्व गर्न सक्षम रहेका बताए । विस्तृत शान्ति सम्झौता र हतियार व्यवस्थापनका साक्षी रहेका महराले शन्तिप्रकृयाका केही काम बाँकी नै रहेकाले त्यसको नेतृत्व गर्न महरा सफल हुने विश्वास लिए । उनले संसदको हरेक निर्णय दस्तावेजीकरण गर्न पनि महरासँग आग्रह गरे । त्यस्तै, प्रधानमन्त्री केपी ओलीले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् ।