काठमाडौं,३१बैशाख। नेपाली कांग्रेस, माअोवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीच शुक्रबार छलफल सुरु भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेता उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन्। तीन नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको दाहाल निकट स्रोतले जानकारी दियो।
दाहालका साथ माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, ओनसरी घर्तीलगायत छलफलमा सहभागी छन्। यस्तै कांग्रसका तर्फबाट नारायण खड्का लगायतका नेता सहभागी छन्।
कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थनमा बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्। उनलाई माधव नेपाल समूहले पनि समर्थन छ। नेपाल समूहले ओलीसँग सहमति गरिसकेको अवस्थामा उपनिर्वाचनमा के गर्ने भन्ने विषयमा पनि रणनीति तय हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए। उपनिर्वाचन जेठ ६ गते हुँदै छ।